खेलकुद

राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत उसु प्रतियोगिता सम्पन्न

३० जेष्ठ २०८२, शुक्रबार २१:४७
राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत उसु प्रतियोगिता सम्पन्न

काठमाडौँ। १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत आयोजित उसु खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, तथा उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै नगद पुरस्कार स्वरूप क्रमशः रु ५,०००/-, रु ३,०००/-, र रु २,०००/- प्रदान गरिएको थियो।

पदक तालिका अनुसार टिम नतिजा निम्नानुसार रहेको छ।
• प्रथम स्थान: बागमती प्रदेश — ८ स्वर्ण पदक
• द्वितीय स्थान: सुदूरपश्चिम प्रदेश — ३ स्वर्ण पदक
• तृतीय स्थान: लुम्बिनी प्रदेश — १ स्वर्ण पदक

नेपाल उसु महासंघले प्रतियोगितामा सहभागी सम्पूर्ण प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा आयोजकहरूप्रति आभार व्यक्त गरेको छ। महासंघले भविष्यमा अझ सफल र व्यापक प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्