काठमाडौं। रुसले आफ्नो सीमाभित्र मात्र प्रयोग गर्न मिल्ने नयाँ मेसेजिङ एप ‘भ्लाद्स याप’ सार्वजनिक गर्न लागेको छ। राष्ट्रपति पुटिनको नामबाट नामकरण गरिएको यस एपले ह्वाट्सएप र टेलिग्राम जस्ता विदेशी एपलाई विस्थापन गर्ने उद्देश्य राखेको छ।
रुसी संसद्को तल्लो सदन ड्युमाले यसको प्रस्ताव पारित गरिसकेको छ भने अब माथिल्लो सदन र राष्ट्रपतिको अनुमोदन बाँकी छ। भ्लाद्स यापले म्यासेजिङ मात्र नभई भुक्तानी, सम्झौता, शिक्षा र व्यक्तिगत डेटा साझा गर्ने सुविधा दिने बताइएको छ।
डिजिटल विकासमन्त्री माक्सुत शादायेभले रुसले चीनको वीच्याटजस्तै सुरक्षित बहुउद्देश्यीय याप बनाउने लक्ष्य राखेको बताए। रुसमा पश्चिमी प्रतिबन्धपछि डिजिटल सार्वभौमसत्ता मजबुत बनाउन यस्तो कदम चालिएको हो।
भ्लाद्स याप अहिलेका लागि रुसी नागरिकहरूका लागि मात्र सीमित हुनेछ र निकट भविष्यमा विदेशी प्रयोगकर्तालाई अनुमति नदिने योजना छ।