समाचार

उपचारका लागि प्रचण्ड अस्पतालमा

२७ कार्तिक २०७८, शनिबार १५:५९
उपचारका लागि प्रचण्ड अस्पतालमा

२७ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल जनाए ।

उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी जानुभएको जानकारी दिए । डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उनको स्वास्थ्यमा सामान्य समस्या आयो । त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जनाए ।

स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्किने बताए ।

प्रतिक्रिया दिनुहोस्