मुख्य समाचार

अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना

२९ जेष्ठ २०८२, बिहीबार १४:४६
अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना

काठमाडौं। भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको एक विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि आकाशमा कालो धुवाँ उडेको देखिएको छ।

लण्डन उड्न लागेको विमान टेकअफको क्रममा अहमदाबादको मेघानी क्षेत्रमा दुर्घटनामा परेको हो। टाइम्स अफ इण्डियाका अनुसार विमानमा १५० भन्दा बढी यात्रु सवार थिए।

भारतको सरकारी समाचार संस्था पीटीआईले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै दुर्घटनाको पुष्टि गरेको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्