काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि मुख्य तीन दलिबच छलफल हुँदैछ ।
आज प्रतिनिधिसभाको बैठक अगाडि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बिच छलफल हुन लागेको हो ।
अहिले यी तीन दलहरु छुट्टै छलफलमा छन् । केहीबेरमा बस्न लागेको विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले जेठ १३ गते देखि निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेका छन् । सत्तापक्षले भने अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।