समाचार

आफ्नै भतिजीकाे हत्या गरेकाे आराेपमा ठुलो बुवा पक्राउ

१३ माघ २०७८, बिहीबार ०३:२७
आफ्नै भतिजीकाे हत्या गरेकाे आराेपमा ठुलो बुवा पक्राउ

१३ माघ, स्याङजा। स्याङजामा आफ्नै भतिजीकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाकाे चापाकाेट नगरपालिका-७ पिपलछापका ३८ वर्षीय वासुदेव ढकाल रहेका छन् ।  प्रहरीका अनुसार ढकालले २७ महिनाकी भतिजी सुविनालाई जमिनमा पछारेका थिए । जमिनमा पछारिएपछि बेहाेस भएकी सुविनाकाे उपचारकाे क्रममा पाल्पाकाे रामपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्