समाचार

सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी

२० जेष्ठ २०८२, मंगलवार १६:५९
सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी

काठमाडौं। काठमाडौं उपत्यकामा आज पनि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर राति सम्म चलेको तेस्रो चरणको वार्तापछि सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ । यससँगै, उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।सवारी साधन नचलेपछि यात्रुहरू प्रभावित भएका छन् ।

यातायात व्यवसायीहरुले गण्डकीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि काठमाडौँ उपत्यकालगायत देशभरका यातायात ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्