समाचार

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

२० जेष्ठ २०८२, मंगलवार १६:४३
काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

काठमाडौँ। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईंले पाण्डेलाई निलम्बन गरेका हुन्। पाण्डेले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरेका छन्। उनले आफूले राम्रो काम गर्दै आएको अवस्थामा निलम्बन गरिएको भन्दै गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्