अर्थ / वाणिज्य

राष्ट्र बैंक गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइयो

२० जेष्ठ २०८२, मंगलवार १६:२६
राष्ट्र बैंक गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइयो

काठमाडौँ। डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिट हेर्न आज पनि नभ्याइने भएको छ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा ३१औँ नम्बरमा परेको रिट समय अभावका कारण हेर्न नपाइएको हो।

जेठ १२ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दायर गरेका थिए। सर्वोच्चले जेठ १४ मा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्