काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्ण तिम्सिना नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको नियुक्ति नियमविपरीत भन्दै उच्च अदालत पाटनले बदर गरिसकेको थियो।
पद रिक्त रहेको अवस्थामा सोमबारको निर्णयअनुसार तिम्सिना अब नार्कको नेतृत्वमा पुगेका छन्।