समाचार

बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

१२ माघ २०७८, बुधबार १३:११
बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, हेटौंडा। राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्तारूढ गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्।

राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् ।

तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार प्राप्त गरिन्। त्यस्तै, नेमकिपाकी गीता काफ्लले १३२ मतभार प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

यसै गरी अन्यतर्फ निर्वाचित पौडेलले चार हजार ७९४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गरेका छन्। अर्का उम्मेदवार नेमकिपाका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्