समाचार

गण्डकीमा गठबन्धनका उमेदवार विजयी

१२ माघ २०७८, बुधबार १३:०२
गण्डकीमा गठबन्धनका उमेदवार विजयी

१२ माघ, पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।

गठबन्धनका पन्तले ३ हजार ८४ मतभार पाएर विजयी भइन् भने उनका प्रतिश्पर्धी एमालेका लीला थनेतले २ हजार ७ सय २४ मतभार पाएकी थिइन्। माओवादीका तर्फबाट उम्मेदवार बनेका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए ।

गठबन्धनका सांसदले मत क्रस गरेपनि स्थानीय तहका जनप्रतिनिधिको बढी मत पाएका कारण गठबन्धनका उमेदवार विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्