काठमाडौँ। आईपीएल २०२५ अन्तर्गत ६५औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरू (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) लखनऊको इकाना स्टेडियममा भिड्दै छन्।
खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। मौसमको खराबीका कारण खेल बैंगलुरूबाट इकानामा सारिएको हो। यो स्टेडियममा यी दुई टिम पहिलोपटक आमनेसामने हुँदैछन्।
१२ खेलबाट १७ अङ्क जोडेको आरसीबी तालिकाको दोस्रो स्थानमा छ भने हैदराबाद ९ अङ्कसहित आठौं स्थानमा रहेको छ। हिजोको खेलमा लखनउ सुपर जाइन्ट्सले तालिकाको शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको थियो।