काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिनका लागि गठन भएका उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
समितिका सभापति ऋषिकेश पोखरेलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने स्पष्ट गरेका छन्। हालसम्म समितिमा ४८ वटा उजुरी परेका छन् र ती छानबिनका लागि नौवटा उपसमिति गठन गरिएको थियो। समितिले ती उपसमितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन आग्रह गरेको हो।
बैठकमा सभापति पोखरेलले बैठक मर्यादित राख्न समितिका सदस्यहरुलाई संयमित व्यवहार गर्न समेत अनुरोध गरे।