काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
दुई मन्त्रीबीच नेपाल-जापान सम्बन्ध, आर्थिक-सामाजिक सहयोग र साझा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
डा राणाले नेपालमा दीर्घकालीन सहयोगका लागि जापान सरकार र नागरिकहरूलाई धन्यवाद दिँदै नेपाल भ्रमणको निमन्त्रणासमेत दिएकी छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध सन् १९५६ देखि चलेको र आगामी वर्ष ७० वर्ष पूरा हुँदैछ।
उनीहरूले भगवान बुद्धको शिक्षामा आधारित पुरानो सांस्कृतिक सम्बन्ध र पर्यटकीय सहकार्यलाई पनि बल दिएका छन्। मन्त्री डा राणाले यस हप्ता सम्पन्न सगरमाथा संवादमा जापानको सक्रिय सहभागिताको पनि धन्यवाद व्यक्त गरिन्।