Uncategorized

गोरखा २ छोडेका भए दाहाल सांसद बन्न सक्दैनथे : भट्टराई सचिवालय

९ जेष्ठ २०८२, बिहीबार १५:५१
गोरखा २ छोडेका भए दाहाल सांसद बन्न सक्दैनथे : भट्टराई सचिवालय

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको टिप्पणीलाई कडा जवाफ दिएको छ।

दाहालले भट्टराईलाई ‘बुद्धि नभएको डाक्टर’ भनेपछि सचिवालय सदस्य रेखी गुरुङले भनेका छन्, “प्रचण्ड व्यक्ति हुन् भने बाबुराम विचार हुन्। प्रचण्ड सत्ताका खेलाडी मात्र हुन् भने बाबुराम युग परिवर्तनका संवाहक हुन्।”

गुरुङले भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ नछोडेको भए दाहाल सांसद बन्न नसक्ने पनि उल्लेख गरेका छन्। उनले दाहालको टिप्पणीलाई दुई ठूला राजनीतिक जोक भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्