समाचार

अछाममा कांग्रेस नेता पदमबहादुर बुढाको भिरबाट खसेर मृत्यु

९ जेष्ठ २०८२, बिहीबार १५:४८
अछाममा कांग्रेस नेता पदमबहादुर बुढाको भिरबाट खसेर मृत्यु

अछाम। नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिकाका उपसभापति पदमबहादुर बुढा भिरबाट खसेर मृत्यु भएका छन्। सेती नदी किनारको तुरे भन्ने ठाउँमा बुधबार उनको निधन भएको हो।

बुढा खेतमा धानको बिउ राख्न गएका थिए र डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए। लामो समय सम्पर्कमा नआएपछि स्थानीयले उनको शव फेला पारेका थिए।

ढकारी–४ बलाता निवासी ४६ वर्षीय बुढाको शव सेती किनारबाट घर ल्याएर शुक्रबार दाहसंस्कार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्