समाचार

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

१२ जेष्ठ २०८२, आईतवार ११:०४
नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

काठमाडौं। आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्