समाचार

श्रीमान जेलमा, श्रीमती चुनावी मैदानमा !

१२ माघ २०७८, बुधबार १०:३२
श्रीमान जेलमा, श्रीमती चुनावी मैदानमा !

एजेन्सी। भारतको उत्तर प्रदेशमा चुनावी सरगर्मी बढ्दै गइरहेसँगै राजनीतिक दलहरूले उम्मेदवारको सूची प्रकाशित गरिरहेका छन् । मंगलवार अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) ले ३९ उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

जसमा बलात्कारको आरोपमा जेलमा रहेका गायत्री प्रजापतिकी पत्नी महराजी प्रजापतिको नाम समेत समावेश छ । सपाले महराजीलाई अमेठी सीटबाट उम्मेदवार बनाएको छ । उनका पति गायत्री बलात्कारको आरोपमा जेलमा रहेका छन् ।

यस्तै सपाले पूर्व मन्त्री रघुराज प्रताप सिंह ‘राजा भैया’विरुद्ध १५ वर्षपछि उम्मेदवार उतारेको छ । राजा भैयाविरुद्ध कुंडा नगर पञ्चायतका पूर्व अध्यक्ष गुलशन यादव मैदानमा उत्रिने भएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर क्षेत्रबाट विधानसभा चुनाव लड्ने भएका छन् । योगी यसअघि गोरखपुरबाटै लोकसभा चुनाव लड्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्