काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् ।
नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए ।