धनुषा। धनुषाको सबैला नगरपालिका–८ ठिल्लास्थित सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ।
म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक १८ वर्षीय अमन राय र पछाडि सवार १६ वर्षीय अंगजकुमार राय गम्भीर घाइते भएका थिए।
दुवैको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।