मुख्य समाचार

सुनको मूल्यमा भारी वृद्धि

२३ बैशाख २०८२, मंगलवार १३:०५
सुनको मूल्यमा भारी वृद्धि

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्