समाचार

डाइनामिक टेक्नोसफ्टको १६ वर्षे यात्रा, सफ्टवेयरमा १५% छुट अफर

१५ बैशाख २०८२, सोमबार १६:२२
डाइनामिक टेक्नोसफ्टको १६ वर्षे यात्रा, सफ्टवेयरमा १५% छुट अफर

काठमाडौं। नेपालको अग्रणी सफ्टवेयर कम्पनी डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनमा १५ प्रतिशत छुट घोषणा गरेको छ।

सन् २०१० मा वीरगञ्जबाट सुरु भएको डाइनामिक टेक्नोसफ्टले हाल नेपाल, भारत र जापानमा २२०० भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउन कम्पनीले विभिन्न ईआरपी सफ्टवेयरहरू विकास गर्दै आएको छ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागबाट प्रमाणित नेपालकै पहिलो ईआरपी प्रदायक हो। देशभर ५० भन्दा बढी डिलर र १०० भन्दा बढी प्राविधिकको टोली रहेको कम्पनीले दुबई, मलेसिया र इन्डोनेसियामा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले कम्पनीले प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेको उल्लेख गर्दै आगामी दिनमा थप नवीनतम सेवा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्