समाचार

सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

१२ माघ २०७८, बुधबार ०२:१३
सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

१२ माघ, काठमाडौं। मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का बर्षा हुने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै रहने अनुमान छ । दिउँसोपख सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्