काठमाडौं । अन्तर्राष्ट्रिय गुरुङ बौद्ध धर्म परिषद् नेपाल (International Council of Gurung Buddhism) ले विशेष सम्मेलन सम्पन्न गरेको छ। परिषद्को २०७९ साल असार ३० गते सम्पन्न विशेष अधिवेशनले ७५ सदस्यीय कार्यसमिति गठन गरेको थियो। सोही अधिवेशनले पाँच सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।
बैठक परिषद्का अध्यक्ष डा. मेघ लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा गुरुङ समुदायको मौलिक धर्म, संस्कृति, परम्परा, रीतिरिवाज तथा पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा विशेष छलफल गरिएको थियो। परिषद्ले गुरुङ बौद्ध धर्मको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने लक्ष्य राखेको छ।
परिषद्को सचिवालय समितिको संयोजकमा डा. डिबी थापा चयन भएका छन् भने सदस्यहरूमा डा. मेघ लामा, डा. पुष्पा गुरुङ, डा. रेवती गुरुङ र डा. विनिता गुरुङ रहेका छन्। समितिका सदस्यहरूबीच कार्य विभाजन स्पष्ट गरिएको छ र सम्पर्कको लागि आवश्यक विवरण समेत सार्वजनिक गरिएको छ।