समाचार

चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण

११ माघ २०७८, मंगलवार १६:११
चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण

११ माघ, काठमाडौं । सरकारले अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको छ ।

कोरोनाको पहिलो लहरमा विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएका चार्टर उडानमा तोेकिएकोभन्दा बढी भाडा तिर्न बाध्य यात्रुबाट सरकारले विवरण माग गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक आहृवान गर्दै बढी भाडा तिरेका यात्रुले आफ्नो पिरमर्का खुलाई मन्त्रालयको इमेल info@tourism.gov.np मा पठाउन सक्ने छन् । मन्त्रालयले भनेको छ, ‘अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा बढी भाडा तिर्न बाध्य भई मर्का परेका महानुभावहरुले आधिकारिक कागजातसहति सात दिन भित्र निवेदन इमेल गरि छानविन कार्यमा सहयोग पर्‍याउन अनुरोध छ ।

सरकारले चार्टर उडानमा भएको अनियमितताबारे छानबिन गर्न यो वर्ष छानबिन समिति गठन गरेको छ । यसअघि गठन भएको समितिका सिफारिस कार्यान्वयनमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकायबाट स्पष्टिकरण लिन र थप छानबिन गर्न मन्त्रालयले समिति बनाएको हो । सोही समितिको छानबिन प्रयोजनका लागि विवरण मागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्