काठमाडौँ। नेकपा (एमाले) का सांसद रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् ।
आज, २०८२ वैशाख ११ गते (बिहीबार), अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पूर्व शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो। उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन् ।