खेलकुद

मन्त्री तेजुलाल चौधरीद्वारा राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

९ बैशाख २०८२, मंगलवार १८:५६
मन्त्री तेजुलाल चौधरीद्वारा राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

काठमाडौँ। नेपाल उसु महासंघद्वारा आयोजित ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं डिप्लोमा परीक्षा कोर्ष २०२५ को औपचारिक उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

उद्घाटन समारोहमा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता स्पष्ट पार्दै, खेलाडीहरूको हितमा आफू सक्रिय रहेको बताए। उनले महासंघभित्र केही व्यक्तिहरूबाट भइरहेको अवैध गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, यदि यस्ता कार्यहरू तुरुन्तै रोकिनेनन् भने सरकारले हस्तक्षेप गरेर व्यवस्था मिलाउने चेतावनी दिए।

दशरथ रंगशालामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरू, विभिन्न खेल संघका प्रतिनिधिहरू, प्रशिक्षकहरू तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति थियो। उक्त कोर्षहरूले उसु खेलको प्राविधिक स्तरमा सुधार ल्याउने र प्रशिक्षक तथा खेलाडीहरूलाई थप दक्ष बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्