प्रविधि

चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न

६ बैशाख २०८२, शनिबार १७:३४
चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न

बेइजिङ। विश्वमै पहिलोपटक मानवजस्तै रोबोटहरूको हाफ–म्याराथन प्रतियोगिता चीनको राजधानी बेइजिङमा सम्पन्न गरिएको छ। ‘विश्वकै पहिलो ह्युमनोइड रोबोट हाफ म्याराथन’ भनिएको यस प्रतियोगितामा रोबोटहरू र मानवहरूले छुट्टाछुट्टै ट्र्याकमा प्रतिस्पर्धा गरे।

प्रतियोगितामा चीनभरिका विभिन्न टोलीबाट जम्मा २० वटा ह्युमनोइड रोबोटहरूले भाग लिएका थिए। रोबोटहरूले २१ किलोमिटरको दूरी तय गरेका थिए। प्रत्येक टोलीले आफ्नो रोबोटलाई लामो दूरीको दौडका लागि तयारी गराएको थियो।

प्रतियोगितालाई आयोजकले खेलकुद मात्र नभई रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षाको परीक्षणका रूपमा पनि लिएको जनाएका छन्। म्याराथन अवधिमा रोबोटहरूका लागि आठवटा स्टेसन स्थापना गरिएको थियो, जहाँ उनीहरूले ब्याट्री परिवर्तन गर्न पाएका थिए।

प्रतियोगितामा ‘अटियांगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा दौड पुरा गर्दै विजेता बन्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्