समाचार

थप ४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सबै सम्पर्कबाहिर

११ माघ २०७८, मंगलवार १५:४८
थप ४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सबै सम्पर्कबाहिर

११ माघ, कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । केही समयअघि काठमाडौं पठाइएको १४६ जनाको नमूनामध्ये ४ जनालाई ओमिक्रोनको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा संक्रमण देखिएको हो । मंगलवार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचोकी गाउँपालिका-७ का ४८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका-२ का २९ वर्षीय पुरुष र कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो ।

उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्