समाचार

१५ वर्षीय बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा युवक पक्राउ

११ माघ २०७८, मंगलवार १५:२५
१५ वर्षीय बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा युवक पक्राउ

११ माघ, वीरगंज । १५ वर्षीय एक बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज -२३ सवैठवाका २० वर्षीय मुन्ना यादव रहेका छन्। यादवलाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्