काठमाडौँ। समय र व्यस्तताको दौडमा परस्पर भेटघाटको अवसर दिनप्रतिदिन दुर्लभ बन्दै गएको वर्तमान परिवेशमा काठमाडौँको एक रमणीय स्थानमा लामो समयपछि आफन्तजनहरूबीच आत्मीय भेटघाट सम्पन्न भएको छ। सो अवसरले नातागोता, माया, सद्भाव र पारिवारिक सम्बन्ध पुनः ताजा बनाएको छ।
सो अवसरमा लक्ष्मी प्रसाद चौलागाईं(शैलेन्द्र), नन्दऋषि आचार्य, गणेश आचार्य, मन बहादुर सिंह, गोविन्द पाण्डे र देवीलाल चौलागाईं(एटम) लगायतका आफन्तजनहरू उपस्थित उक्त भेटघाटमा समसामयिक विषयहरूमा गम्भीर छलफलसमेत गरिएको थियो। देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थादेखि लिएर व्यक्तिगत अनुभव र भावी योजनाहरूमा समेत विचार आदान–प्रदान भएको थियो।
भेटघाटका क्रममा भविष्यमा यस्ता कार्यक्रमलाई नियमित बनाउँदै लैजाने, युवापुस्तालाई पनि जोड्दै सन्देशमूलक तथा सिर्जनात्मक छलफल भएको थियो।
नजिकिँदो समयहरूमा अझ व्यवस्थित रुपमा यस्ता पारिवारिक तथा सामूहिक कार्यक्रम आयोजना गर्दै जानु पर्ने सबैको साझा धारणा थियो। अन्त्यमा चियाको कपसँगै रमाइलो हाँसो र शुभकामनासहित कार्यक्रम सम्पन्न भएको थियो।