समाचार

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

३० चैत्र २०८१, शनिबार १६:०१
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन। तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाए ।

श्रेष्ठले पीडित परिवारको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि मानवीय आधारमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकासँग समन्वय गरेर पढाइको व्यवस्था मिलाइएको हो।

नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले पनि पीडित परिवारको बारेमा जानकारी गराउँदै सहयोगको अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्