समाचार

म महासचिवको स्वभाविक दाबेदार हो : वर्षमान पुन

१० माघ २०७८, सोमबार १५:५१
म महासचिवको स्वभाविक दाबेदार हो : वर्षमान पुन

१० माघ, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आफू महासचिवको दावेदार भएको बताएका छन्।

चीनमा स्वास्थ्य उपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।

 पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए। पूर्वमन्त्री पुनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।’

प्रतिक्रिया दिनुहोस्