समाचार

कारागारमा एक थुनुवाको लडेर मृत्यु

१० माघ २०७८, सोमबार १५:३१
कारागारमा एक थुनुवाको लडेर मृत्यु

१० माघ, हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु भएको छ ।

मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो।

कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएका हो ।

जैसवाल अघिल्लो वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेका थिए। कारागारमा सोमबारसम्म ९ सय ९८ जना कैदी बन्दी तथा थुनुवाहरुले सजाय काटिरहेको कारागार व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्