Uncategorized

बीवाईडीको नयाँ क्रान्ति: विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक

२५ चैत्र २०८१, सोमबार १५:१९
बीवाईडीको नयाँ क्रान्ति: विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक

काठमाडौँ। चीनको अग्रणी विद्युतीय सवारी साधन निर्माता बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले नयाँ प्रविधिको सहायताले केवल ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा गर्न सकिने दाबी गरेको छ।

यस अत्याधुनिक प्रणालीमा ब्लेड ब्याट्रीमा आधारित लिथियम–आयरन–फस्फेट (एलएफपी) केमिस्ट्री प्रयोग गरिएको छ, जसले तीव्र गतिमा गाडी चार्ज गर्न सक्षम बनाउँछ। बीवाईडीको अनुसार, यो हालसम्मकै पहिलो १,००० किलोवाट क्षमताको चार्जिङ सिस्टम हो।

कम्पनीले चीनभरि ४,००० मेगावाट फ्ल्यास चार्जिङ स्टेसन स्थापना गर्ने योजना समेत सार्वजनिक गरेको छ। यस नयाँ प्रविधिसँगै, बीवाईडीले दुई नयाँ भेरियन्टहरू ‘हान एल’ र ‘ट्याङ एल’ पनि प्रस्तुत गरेको छ। कम्पनीका अनुसार, हान एलले २.७ सेकेन्डमा र ट्याङ एल (SUV) ले ३.६ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टा गति हासिल गर्न सक्छ।

यी मोडेलहरूमा ३०,००० आरपीएम मोटर र अत्याधुनिक सिलिकन कार्बाइड (SiC) पावर चिप्स प्रयोग गरिएको छ, जसले EV बजारमा नयाँ क्रान्तिको संकेत गर्छ। बीवाईडीले चीनमा यी मोडेलहरूको प्री–अर्डर खुला गरिसकेको छ र छिट्टै विश्वबजारमा ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्