समाचार

वर्षमान पुन स्वदेश फर्किए

१० माघ २०७८, सोमबार १५:०४
वर्षमान पुन स्वदेश फर्किए

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्।

केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

केही समय पहिला नै चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका उनी पूर्ण रुपमा स्वस्थ्य भइसकेकाले स्वदेश फर्किन लागेको स्वकीय सचिव पुनले बताए। जण्डिस (बिलरुबिन)को मात्रा बढेपछि सुमेरु अस्पताल भर्ना गरिएको थियो।

स्वदेशमा उपचार सम्भव नभएपछि थाइल्याण्ड लगिएको हो। त्यहाँसमेत उपचार सम्भव नभएपछि सेनजेन लगिएको हो। यसअघि पार्टीको आठौं महाधिवेशनमा आउन खोजेपनि पूर्ण रुपमा निको नभएकाले रोकिएका थिए।

प्रतिक्रिया दिनुहोस्