समाचार

आफ्नै आमाले गरिन् छोराको अपहरण !

१० माघ २०७८, सोमबार १४:५१
आफ्नै आमाले गरिन् छोराको अपहरण !

१० माघ, एजेन्सी । अहिले तिब्र रुपमा फैलिदै गएको कोरोनाको कारण कोरोना विरुद्धको भ्याक्सिन लगाउन तछाडमछाड गरिरहेका छन् । आफु कसरी कोरोनाबाट बच्ने भनेर धेरैले कोरोना विरुद्ध खोप लगाउन घन्टौं लाइनमा लागेका छन् ।

तर आज के अचम्मको घटना भएको छ ।  १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि कोरोना भाइरसको खोप लगाउन अभिभावकहरुले स्कुल तथा खोपकेन्द्र सम्म लगिरहेका छन् । तर युरोपेली मुलुक स्पेनमा भने एकजना आमाले आफ्ना दुई छोराहरुलाई कोरोना खोप लगाउन नदिनका लागि अपहरण गरेकी छिन् ।

स्पेनको सेभिएमा बस्ने एक व्यक्तिले आफ्नी भूतपूर्व पत्नीमाथि आफूहरुका दुई छोरा अपहरण गरेको आरोप लगाए । छोराहरुलाई कोभिड भ्याक्सिन लगाउनबाट रोक्नका लागि भूपू पत्नीले अपहरण गरेको भन्दै उनले प्रहरीमा उजुरी दिए, गत डिसेम्बरको उत्तरार्धतिर ।

प्रहरीले छोराहरु अपहरणको आरोप लागेकी ४७ वर्षे महिलाको खोजी गरिरहेको बेला ती महिलाले अन्ततः गत बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । १४ र १२ वर्षका दुई छोराहरुलाई अनधिकृत रुपमा लगेको र आफूले नोभेम्बर ४ देखि छोराहरुलाई नदेखेको भनी ती पुरुषले उजुरी गरेका थिए ।

छोराहरुलाई खोप लगाउने नलगाउने भन्ने निर्णय गर्ने अधिकार बाबुको रहेको भनेर अदालतले फैसला गरेको केही दिनपछि आफुले पूर्वपत्नीबाट एउटा चिठी प्राप्त गरेको र चिठीमा पूर्वपत्नीले छोराहरुलाई स्कुलबाट निकाल्ने योजना उल्लेख गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्