समाचार

वडा अध्यक्ष र सचिवलाई दले मोसो

१० माघ २०७८, सोमबार १४:००
वडा अध्यक्ष र सचिवलाई दले मोसो

१० माघ, बझाङ । बझाङको बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष  र वडासचिवलाई मोसो दलेका छन् ।  जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्