काठमाडौँ। ब्लु कर्पोरेसन प्रालिले सनलङ ईभीयू-३ कार्गो भ्यान नेपाल भित्र्याउँदै ललितपुर, बालकुमारीमा शोरुम खोलेको छ।
७० किलोवाट मोटर र ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्रीसहितको यो भ्यानले एकपटकको चार्जमा २८६ किमि रेन्ज दिने कम्पनीको दाबी छ। १.४ टन लोड क्षमतासहित यसको टप स्पीड ९० किमि प्रति घन्टा रहेको छ।
ब्लु कर्पोरेसनले मूल्य ३१.४५ लाख तोकी बिक्री सुरु गरेको छ। साथै, निकट भविष्यमै १२, १४, र १९ सिटे कमर्शियल भ्यानहरू ल्याउने योजना रहेको छ।