प्रविधि

डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग

१३ चैत्र २०८१, बुधबार १७:३३
डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग

काठमाडौं। सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त मस्यौदा सार्वजनिक गरेको हो । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा अध्ययन गरी सात दिनभित्र सुझाव पेस गर्न समेत आग्रह गरेको छ ।

सरकारले पहिलो पटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । यसलाई परिमार्जन तथा संशोधन गरी डिजिटल नेपाल फ्रेमवर्क २.० ल्याइएको हो । मस्यौदामा परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० लाई आर्थिक रूपमा सशक्त, समावेशी तथा जलवायुमैत्री बनाइएको उल्लेख छ ।

यो फ्रेमवर्कले नेपालको डिजिटल रूपान्तरणलाई तीव्र बनाउन डिजिटल पूर्वाधार निर्माण, डिजिटल सेवामा पहुँच विस्तार, सीप तथा डिजिटल साक्षरताको प्रवर्द्धन, र डिजिटल अर्थतन्त्रको रूपान्तरण जस्ता मुख्य क्षेत्रलाई समेटेको छ । साथै, यसको कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्