समाचार

बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, दुई जना पक्राउ

९ माघ २०७८, आईतवार १५:२४
बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, दुई जना पक्राउ

९ माघ, मोरङ। मोरङको सुन्दरहरैंचा नगरपालिका–४, बलियामा ३० वर्षीया महिलालाई अपहरण शैलीमा होटल लगेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

महिलाको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैंचा-४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। घटनामा संलग्न एक जना फरार छन्। उनको पनि खोजी भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए।

सुन्दरहरैंचास्थित आफन्तकोमा बस्दै आएकी ३१ वर्षीया महिलामाथि गत शुक्रबार अपहरणपछि बलात्कार भएको हो। इटहरीस्थित एक स्वास्थ्यकर्मीको घरमा घरेलु कामदार रहेकी उनी काम सकेर फर्कने क्रममा अपहरणमा परेकी थिइन्।

काम सकेर साँझ इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर, बहिनीको घरसम्म पुग्ने बाटो बर्सिएपछि बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएको बताइएको छ ।

शनिवार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । उनकी बहिनी होटल पुग्दा कोठामा रगत देखेपछि बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका होटल सञ्चालक श्रेष्ठलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्