राजनीति

स्थानीय तहकाे निर्वाचन कुनै पनि अलमल स्वीकार्य छैन : एमाले (पूर्णपाठ)

९ माघ २०७८, आईतवार १५:१०
स्थानीय तहकाे निर्वाचन कुनै पनि अलमल स्वीकार्य छैन : एमाले (पूर्णपाठ)

काठमाडाैं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न कुनै पनि अलमल नगर्ने बताएको छ ।

अहिलेको सरकारको ६ महिना पूरा भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

वक्तव्यमा ओलीले विभिन्न बहाना तथा संविधानको अपव्याख्या गरेर स्थानीय तहको चुनाव आउँदो वैशाखमा नगरी पछि धकेल्ने प्रयास भएको उल्लेख गरेका छन्।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए पनि सत्ता गठबन्धनबीच आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने’बहस हुँदै आएको छ । एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्