समाचार

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१० चैत्र २०८१, आईतवार १०:५९
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्