समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

९ माघ २०७८, आईतवार १४:४७
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

९ माघ, दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका-१२ का अरुण देवकोटाकाे दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर-७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

त्यस्तै घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ।

प्रतिक्रिया दिनुहोस्