मुख्य समाचार

देउवाले डाके पदाधिकारी बैठक

४ चैत्र २०८१, सोमबार १५:०४
देउवाले डाके पदाधिकारी बैठक

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्