समाचार

२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

९ माघ २०७८, आईतवार ११:३३
२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?
९ माघ, काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २ हजार ८६८ जना रहेका छन् भने भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १७ हजार ४३७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १४ सय १६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्