मुख्य समाचार

एमालेले सचिवालय बैठक बोलायो

३० फाल्गुन २०८१, शुक्रबार १६:४७
एमालेले सचिवालय बैठक बोलायो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्