समाचार

एक किशाेर मृत अवस्थामा फेला

९ माघ २०७८, आईतवार ०३:०५
एक किशाेर मृत अवस्थामा फेला

९ माघ, बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ मा एक किशोर मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा हिमाली गाउँपालिका–१ विच्छ्याका अन्दाजी १६ वर्षीया पुष्पराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भाइ–बहिनी अभिभावक भएर बडीमालिका नगरपालिका–८ थापाबाडामा डेरामा बस्दै आएका बोहरा आज मृतावस्थामा फेला परेको जनाएको छ । बोहरा आज बिहान खाना खाने समयमा खाना खान बोलाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आमाबुवा घरबाट हिँडिसकेको बताइएको छ । मृतक बोहराको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । कोरोनाको रिपोर्ट भने आउन बाँकी छ ।

भालुको आक्रमणबाट महिला घाइते 

जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् । आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए ।

भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए । घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्