मुख्य समाचार

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच महत्वपूर्ण भेटवार्ता

२७ फाल्गुन २०८१, मंगलवार १४:५९
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच महत्वपूर्ण भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेट भएको छ ।

सो क्रममा उनीहरुबीच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

उनले भने, “सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाई करोडभन्दा बढी रकम लगानी भइसकेको छ, थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्, ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भए पनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।”

प्रतिक्रिया दिनुहोस्